साहित्य
काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक ‘नेपालमा गरिबी : निदान र उपचार’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. स्वर्णिम वाग्लेलगायतले उक्त पुस्तक सार्वजनिक गरे ।
कार्यक्रममा डा. वाग्लेले विमोचित पुस्तक आफैँमा पूर्ण रहेको बताए । पूर्वसचिव कृष्ण ज्ञवालीले समीक्षात्मक टिप्पणी गर्दै विमोचित किताबले पाठ्यपुस्तक हुने सामर्थ्य राख्ने बताए ।
प्रा. गोपीकृष्ण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. संजय आचार्य, विद्यानाथ नेपाल, परशु नेपाललगायतले बोलेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १६:२६
प्रतिक्रिया दिनुहोस्