site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सलमान आउने अर्को मिति छिट्टै, टिकटको पैसा फिर्ता गर्न आयोजक तयार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बलिउड अभिनेता सलमान खानको ‘दबंग टुर रिलोडेड’ स्थगित भएको छ । जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको उनको दबंग टुर कार्यक्रम अन्तिम समयमा आएर रोकिएको छ ।

कार्यक्रम हुन तीन दिन मात्रै बाँकी हुँदा अन्तिम समयमा स्थगित भएपछि यतिबेला यसको कारणबारे विभिन्न आंकलन गरिएको छ ।

कतिले प्रयाप्त मात्रामा टिकट बिक्री हुन नसकेको बताइरहेका छन् । तर कार्यक्रम स्थगित हुनुको कारण यो नभएको आयोजक ओडीसी इन्टरटेन्मेटका प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अन्तिम समयमा अभिनेत्री ज्याकलिन फर्नान्डिज पनि नआउने भएको र चुनावी माहोलका कारण स्थगित गर्न लागेको गुरुङले बताए ।

“क्यान्सिल भएको होइन पोस्टपोन्ड मात्रै भएको हो । ज्याकलिनको पनि अन्तिम समयमा आएर क्यानसिल भयो । त्यसमाथि चुनावी माहोलका कारण पनि कार्यक्रम गर्न माहोल बनेन,” गुरुङ भन्छन्, “हामी चाँडोभन्दा चाँडो दुई तीन हप्ता भित्रकै मिति लिँदैछौं ।”

Royal Enfield Island Ad

कार्यक्रम तोकिएको मितिमा नहुने देखिएपछि स्टेज बनाउनका लागि भारतबाट ल्याइएका प्राविधिक सामानहरु पनि सबै भन्सारमा नै होल्डमा छ ।

यसबारे जानकारी दिनका लागि आयोजकले विज्ञप्ति जारी गरेको छ । गुरुङका अनुसार ‘दबंग टुर रिलोडेड’ यहि जुनभित्रै जसरी पनि गर्ने टार्गेट रहेको छ ।

उनका अनुसार अहिलेसम्म करिब ५–६ लाखको मात्रै टिकट बिक्री भएको हो । सबै अनलाइनबाट नै बिक्री गरेको हुनाले यदि टिकट किनिसकेको कोही दर्शकलाई विश्वास लाग्दैन भने पैसा फिर्ता लिन सक्ने पनि उनले बताए ।

“टिकट पनि स्लो बिक्री भैरहेको छ । हामीले सबै अनलाइनबाटै बिक्री गरिरहेका छौं । यदि कसैलाई हामीले यहि जुनभित्र कार्यक्रम गर्छौँ भन्नेमा विश्वास लाग्दैन भने उहाँहरुले टिकट फिर्ता गर्न सक्नुहुन्छ । तर हामी यही जुनभित्रै कार्यक्रम गर्छौं,” उनले भने ।

अब सलमानको टिममा अभिनेत्री ज्याकलिनको ठाँउमा अभिनेत्री पुजा हेगडे नेपाल आउँदै छिन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro