अर्थ व्यवसाय
काठमाडौं । सरकारले उद्योगको आधारभूत पूर्वाधार निमार्णमा लगानी गर्ने घोषणा गरेको छ ।
मंगलबार संघीय संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी सबल अर्थतन्त्र निर्माणमा उद्योग क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्न उद्योगमैत्री वातावरण निर्माण, व्यवसाय गर्ने वातावरण सुधार, आधारभूत पूर्वाधारमा सरकारी लगानी बढाउने उल्लेख गरिन् ।
निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि, वन र खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधन शृंखलामा जोड्न फार्म टु इन्डस्ट्री एकीकृत नमुना कार्यक्रम सञ्चालन गरिने घोषणा सरकारले गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १७:०२
प्रतिक्रिया दिनुहोस्