विशेष
काठमाडौं । रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको हत्या भएको दुई वर्ष पुगेको सन्दर्भमा जात व्यवस्थाविरुद्व ‘भेरी प्रतिरोध मार्च’ गरिएको छ । मंगलबार काठमाडौंमा नागरिक अगुवाको नेतृत्वमा प्रदर्शन गरिएको हो ।
पीडितलाई न्याय र दोषीलाई कारबाही हुनुपर्ने मागसहित प्रदर्शन गरियो । प्रदर्शनमा सहभागीले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
दुई वर्षअघि आजकै दिन उक्त घटना भएको थियो । घटनामा ६ दलित युवाको ज्यान गएको थियो । प्रदर्शनमा नवराजकी आमालगायत उपस्थित थिए ।
जाजरकोटको भेरी नगरपालिका–४ का नवराज र रुकुम पश्चिम सोतीकी एक गैरदलित किशोरीबीच प्रेम सम्बन्धको विषयलाई लिएर उक्त हत्याकाण्ड भएको थियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १५:३८
प्रतिक्रिया दिनुहोस्