राजनीति
काठमाडौं । नेपाली कांग्रेसले बाजुराको बुढीगंगाको चार वडामा पुनः मतदान गराउन माग गरेको छ । पार्टी मुख्य कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशशरण महतले बुढीगंगाको चार वडामा धाधली भएकाले तत्काल पुनः मतदान गराउन निर्वाचन आयोगसँग माग गरेका छन् ।
“व्यापक धाधली भयो । बुथ कव्जा गरेर सुरक्षा निकाय पनि बस्न नसक्ने अवस्था भयो,” उनले भने, “एमालेका केन्द्रीय नेताको रोहवरमा वुथ कब्जा गर्ने काम भएको र निर्वाचन अधिकृतसम्म भाग्नुपरेको अवस्थामा पुनः मतदान गराउन निर्वाचन आयोगसँग माग गर्दछु ।”
उनले दलका प्रतिनिधि विना र सुरक्षा निकायको अनुपस्थितिमा उठाइएको मतपेटिका कांग्रेसका लागि स्वीकार्न नहुने बताए ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ १५:४७
प्रतिक्रिया दिनुहोस्