site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरमा कसको कति मत ?
मनोजकुमार साह ।
SkywellSkywell

जनकपुरधाम । स्थानीय तह निर्वाचनअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी छ । ६० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ ।

पछिल्लो गणनाअनुसार स्वतन्त्र उमेदवार मनोजकुमार साहको अग्रता कायमै छ । उनले नौ हजार ७७४ मत ल्याएका छन् । नेकपा (एमाले)का उमेदवार शिवशंकर साहले सात हजार ६०४ मतसहित उनलाई पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर दुई हजार १७० छ । नेपाली कांग्रेसका नेता मनोजकुमार पार्टीले टिकट नदिएपछि घण्टाघर चुनाव चिह्नबाट स्वतन्त्र प्रतिस्पर्धामा छन् ।

KFC Island Ad
NIC Asia

यस्तै, प्रमुखमा पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार मनोज चौधरी तेस्रो स्थानमा छन् । उनले तीन हजार ९५८ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका जनता समाजवादी पार्टी (जसपा)का लालकिशोर साह तीन हजार ३६१ मतसहित चौथो स्थानमा छन् ।

पाँचौँ स्थानमा रहेका स्वतन्त्र उमेदवार बलराम महतोको तीन हजार ८५ र अर्का स्वतन्त्र उमेदवार जानकी राम साहले १५ सय मत ल्याएका छन् ।

Royal Enfield Island Ad

यस्तै, डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी उमेदवार अनिता साहले एक हजार १५८ मत पाएकी छन् । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)की विभा ठाकुरले ९१० मत ल्याएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १०:४०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro