site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कीर्तिपुरको मेयरमा एकीकृत समाजवादीले उमेदवारी नदिने ! 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)लाई सघाउने तयारी गरेको छ । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा मेयर पदमा आफ्नो पार्टीको तर्फबाट उमेदवार नरहने एक पदाधिकारीले जानकारी दिए । 

कीर्तिपुरको मेयरमा माओवादीले शिवशरण महर्जनलाई उमेदवार बनाएको छ । “मेयर पदमा उमेदवारी नदिने र वडामा भने उमेदवार दिने गरी तयारी गरिरहेका छौँ,” ती पदाधिकारीले बाह्रखरीसँग भने, “माओवादीसँग छलफल भइरहेको छ ।” 

एकीकृत समाजवादीले कीर्तिपुर नगरपालिकाको वडामा भने सघाउन माओवादीसँग आग्रह गरिरहेको छ । कीर्तिपुरको वडा नम्बर १ र ४ मा उपनिर्वाचन हुँदै छ । एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकाको १६ नम्बर वडामा भने उमेदवारी दिने ती पदाधिकारीले बताए ।

उमेदवारको नाम पठाउने जिम्मा जिल्लालाई दिइएको र भोलिसम्म नाम आइपुगिसक्ने उपमहासचिव तथा पार्टी कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्