site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई कर्णालीको दुरावस्था अन्त्यको मागसहित १० बुँदे ज्ञापनपत्र 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीतिक नियुक्ति रोक्न र व्यवस्थित सञ्चालनको व्यवस्था मिलाउन माग गरेका छन् । 

योग्यतामा आधारित नियुक्ति, कर्मचारीको व्यवस्थापन र तलब–भत्ता सुधार तथा प्राध्यापक र सहप्राध्यापकको नियुक्ति गर्न माग गरेका छन् । यस्तै, प्रतिष्ठानमा डायलासिस मेसिनको सञ्चालनका लागि दक्ष जनशक्ति व्यवस्थासहित शिक्षक, विद्यार्थी आवास र स्वास्थ्य उपकरणहरू एमआरआई मेसिनलगायत अन्य स्वास्थ्य उपकरण खरिदका लागि बजेटको व्यवस्था गर्न उनको माग छ ।

त्यस्तै, स्याउ केन्द्रित उत्पादनका लागि कृषि केन्द्रको स्थापना र बजारसम्म पहुँचका लागि सडकको स्तरोन्नतिमार्फत कर्णालीका उत्पादनलाई बजारको पहुँचमा पुर्‍याउन पनि माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro