site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीलाई विश्वास गर्ने आधार तयार हुँदै गएको प्रचण्डकाे दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीलाई विश्वास गर्ने आधार तयार हुँदै गएको बताएका छन् । 

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि बुधबार काठमाडौंको कीर्तिपुर नगरपालिकामा उमेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा गरेका काम र नयाँ सरकार बन्नुको कारणबारे जनताले स्पष्ट रुपमा बुझिसकेको भन्दै जनताले माओवादीदलाई विश्वास गर्ने आधार तयार हुँदै गएको बताए । 

Dabur Nepal
NIC Asia

उनले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिए । उनले पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे । 

कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र विद्रोहको केन्द्र भएको उल्लेख गर्दै प्रचण्डले आगामी दिनमा यसलाई कायम राख्नुपर्नेमा जोड दिए । प्रचण्डले चूनावी सभा आयोजना गर्नुभन्दा जनताको घर–घरमा जान निर्देशन समेत दिए । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रले कीर्तिपुरको प्रमुखका लागि प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि इञ्जिनियर नारायण विष्टलाई उमेदवार घोषणा गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro