site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियामा कोरोना भगाउन अदुवा र मह मिसाएको चिया वा जडीबुटीको तातोपानी खान सल्लाह
Sarbottam CementSarbottam Cement

प्याेङयाङ । उत्तर कोरियाले अहिले कोरोना भाइरसविरद्धको कुनै एन्टिभाइरल औषधिको पहुँचविना खोप नलिएका नागरिकमाझ फैलिरहेको कोभिड १९ को सामना गरिरहेको छ । २०२० को सुरुतिर मुलुकका चारैतिरका सिमाना बन्द गरेर उत्तर कोरियाले आफूलाई महामारीबाट जोगाउने कोसिस गरेको थियो । 

विगतमा किम जोङ उनको नेतृत्वमा रहेको सरकारले बाह्य चिकित्सकीय सहयोग अस्वीकार गरेको थियो । 'ज्वरो'संज्ञा दिइएको कोभिड संक्रमणविरुद्ध लड्न अहिले उत्तर कोरियामा परम्परागत विधिहरू अवलम्वन गरिएका छन् । 

सत्तारूढ पार्टीको मुखपत्र रोदोङ सिम्नुनले गम्भीर रूपमा संक्रमण नभएकाहरूलाई अदुवा वा मह मिसाएको चिया वा जडीबुटी पात मिश्रित तातो पानी खान सल्लाह दिएको छ । यस्ता तातो पेय पदार्थले घाँटी दुख्ने वा खोकी लाग्ने जस्ता कोभिडका लक्षणबाट आराम दिलाउने र बिरामीहरूलाई जलविनियोजको समस्याबाट समेत जोगाउन मद्धत पुर्‍याउने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्ता पेय पदार्थको सेवनबाट जलन र पीडाबाट पनि मुक्ति दिन सक्छन् । यस सरकारी अखबार सिम्नुनले बिहान बेलुका सरकारले भनेजस्तै नुनपानीले गार्गल गर्दै आएका एक दम्पतिको अन्तर्वार्ता लिएको थियो । 'एन्टिसेप्टिक झोल' बनाउनका लागि हजारौ टन बराबरको नुन प्याेङयाङमा पठाइएको छ । 

केही अध्ययनले गार्गाल गर्दा र नुनपानीले नाक पखाल्दा भाइरससँग लड्न सकिने सल्लाह दिएका छन् । तर यस्ता विधिसँग कोभिड संक्रमण फेलिनबाट रोक्ने नगण्य प्रमाण रहेको छ । देशव्यापी कडा लकडाउन लागु गरिएको उत्तर कोरियामा औषधिको सहज वितरणका लागि किमका आदेशमा सेनालाई परिचालन गरिएको छ । 

Global Ime bank

सरकारी टेलिभिजनले बिरामीहरूलाई इवुप्रोफेन र एमोक्सिल्लिनलगायत अन्य पेनकिलरको पनि प्रयोग गर्ने सल्लाह दिएको छ ।

बिरामीलाई कोभिडबाट जोगाउन मद्धत पुर्‍याउने प्याक्लोभिड, मोल्नुपिराभिर र रेम्डेस्भिर जस्ता केही मान्यता प्राप्त एन्टिभाइरल औषधि पनि छन् । 

ग्रामीणस्तरमा आधाभूत सेवादेखि सरकारी अस्पतालहरूमा विशेष उपचार निशुल्क बनाउन स्वास्थ्य प्रणाली स्थापित गरिएको छ । तर, उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका अधिकांशले स्वास्थ्य उपचारका लागि त्यहाँ पैसा तिर्नुपर्ने बताउँछन् । 

यसैगरी हालै चीनको सेन्याँगबाट चिकित्सकिय सामानहरू ल्याउनका लागि उत्तर कोरियाले तीनवटा विमान पठाएको खबर पनि सार्वजनिक भएको छ । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC