site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालका प्रधानमन्त्रीको भ्रमणमा भारतीय सञ्चार माध्यम

नेपालका राष्ट्र वा सरकार प्रमुख प्रायः पहिलो विदेश भ्रमण भारतमा गर्छन् । तर, तिनको भ्रमण नेपाली मिडियाका लागि महत्त्वपूर्ण हुने गरे पनि भारतीय सञ्चार माध्यमका लागि भने खासै महत्त्वको विषय बन्ने गरेको छैन । नेपालमा ०६२÷०६३ को  परिवर्तनपश्चात ११ वटा सरकार बने । तीमध्ये मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रधानमन्त्री झलनाथ खनालबाहेक सबैले भारत भ्रमण गरेका छन् । सबैले आफ्नो भ्रमण ऐतिहासिक महत्त्वको भएको दाबी पनि गरेका थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री भएजस्तै भारतको भ्रमणमा पनि चौथोपटक बुधबार निस्किएका छन् । यो ०६२÷०६३ को परिवर्तनपश्चात भने प्रधानमन्त्रीका हैसियतमा देउवाकोे पहिलो विदेश भ्रमण पनि हो । देउवा भारतका नयाँ राष्ट्रपति रामनाथ कोविंदलाई भेट्ने पहिलो विदेशी सरकार प्रमुख हुनेछन् । 

संविधान सभाको निर्वाचनपछि नेपालमा ७ प्रधानमन्त्री भए । तीमध्ये पुष्पकमल दाहाल ’प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, सुशील कोइराला र केपी ओली नयाँ अनुहार हुन् । देउवामात्रै पहिले नै प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । ती नयाँ अनुहारमा सुशील कोइरालाले भारतको राजकीय वा औचारिक भ्रमण नगरे पनि नरेन्द्र मोदीको

Prabhu Bank
Agni Group
NIC Asia

शपथ ग्रहण कार्यक्रममा नेपालको प्रधानमन्त्रीका रूपमा सहभागी भएका थिए । प्रधानमन्त्रीका हैसियतका भारत भ्रमण नै नगर्ने झलनाथ खनालमात्रै छन् । 

(दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाको भ्रमणलाई भारतले विशेष महत्त्व दिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंह कोइरालाको स्वागतमा विमानस्थलमा आफैँ उपस्थित भएका थिए ।)

Global Ime bank

यस अवधिमा पुष्पकमल दाहाल दोहोर्याएर प्रधानमन्त्री भए । उनले दुवैपटक भारत भ्रमण गरे पनि पहिलोपटक जति महत्व पछिल्लो भ्रमणमा पाएनन् । भारतीय पत्रकार व्रजेश शर्माका अनुसार पहिलो पटक प्रधानमन्त्रीका हैसियतमा दाहाल भारत पुग्दा भारतीय मिडियाले उनलाई माओवादी अध्यक्ष प्रचण्डका रूपमा बढी महत्व दिएका थिए । उनी सम्झन्छन् – त्यसो त पहिलो संविधान सभामा बहुमत ल्याएको शक्तिशाली प्रधानमन्त्रीका हैसियतमा उनले भारत भ्रमण गरेका थिए । उनको हाउभाउ पनि त्यति बेला हेर्न लायक थियो ।

भारतीय नागरिकलाई पनि उनका बारेमा कौतुहल थियो । पूर्वविद्रोही नेता राजकीय अतिथिका रूपमा आउँदा भारतका मिडियाले उच्च महत्त्व दिएकोे शर्माको धारणा छ । उनी भन्छन् — “त्यो कभरेज चीनका राष्ट्रपति सी जिनपिङको भन्दा कम थिएन ।” मोदी प्रधानमन्त्री भएपछि सी जिनपिङले भारत भ्रमण गरेका थिए । तर, दोस्रोपटक गत वर्ष प्रधानमन्त्रीका रूपमा आउँदा भने दाहालले भारतीय मिडियाबाट खासै महत्त्व पाएनन् । सरकारका तर्फबाट राजकीय सम्मान उस्तै भए पनि मिडिया कभरेजका दृष्टिले उनको भ्रमण फिक्का नै रह्यो । 

एक दशकका अवधिमा भारत भ्रमण गर्ने नेपाली प्रधानमन्त्रीहरुमा दाहालपछि भारतमा महत्त्व पाएका अर्का प्रधानमन्त्री बाबुराम भट्टराई हुन् । किनभने उनी माओवादी नै भए पनि भारतको भूमिकामा विषम परिस्थितिमा पधानमन्त्री बनाइएका थिए । 

एक दशक देखि भारतमा अन्तर्राष्ट्रिय समाचार संस्थामा कार्यरत पत्रकार कृष्ण पोखरेलका अनुसार एक दशकमा नेपालका प्रधानमन्त्रीहरु प्रत्येक वर्षजस्तो भारत भ्रमणमा छन् । भारत पुग्ने नेपाली प्रधानमन्त्रीहरुमा दाहालको पहिलो र भट्टराईको भ्रमणलाई मात्र चासो राखेर हेरिएको देखियो । अन्तर्राष्ट्रिय मिडियाले समेत ती भ्रमणलाई महत्त्व दिएका थिए । भारतीयहरुलाई केले आकर्षित ग¥यो भन्न नसकिने बताउँदै उनले  भने – मिडिया कभरेजका दृष्टिले यी दुई प्रधानमन्त्रीको भ्रमणले भारतमा अनुमान गरिएभन्दा महत्त्व पाएको देखियो । 

यथावत पाक्षिकका सम्पादक तथा वरिष्ठ पत्रकार रामबहादुर रायका अनुसार नेपालको पछिल्लो परिवर्तन पछि भट्टराई त्यस्ता पात्र थिए जो नेपालमा गिरिजाप्रसाद कोइरालापछि भारतले रुचाएको त्यो तहका नेता थिए । रायका अनुसार गिरिजाप्रसादको निधनपछि भारत नेपालमा त्यस तहमा आफ्ना विश्वास पात्रको खोजीमा थियो । त्यही अवसरमा नेपालको विषम परिस्थितिमा भारतको सहयोग र भूमिकामा बनाइएकाले पनि उनको भारत भ्रमण उच्च चासोको विषय भएको थियो । त्यस भ्रमणमा उनले बिप्पा सम्झौतासमेत गरेका थिए । 

नेपालमा प्रधानमन्त्री हुनासाथ भारत भ्रमण गरेर अन्तर्राष्ट्रिय जगतमा पाइला राख्ने परम्परा नै भएको छ । पहिलो विदेश भ्रमण प्रायः प्रधानमन्त्रीहरूले भारतलाई नै बनाउने गरेका छन् । यस पटक पनि त्यही परम्पराले निरन्तरता पाएको छ । 

भारतमा कार्यरत नेपाली मूलकी पत्रकार पुष्पा उपाध्यायका अनुसार पछिल्ला वर्षमा भारतीय सञ्चार माध्यममा नेपालको कभरेज सकारात्मकभन्दा नकारात्मक विषयमा बढी हुनेगरेको छ । एबीपी टीभीमा कार्यरत उपाध्याय भन्छिन् — “नेपालका राष्ट्र प्रमुख वा सरकार प्रमुख आउँदा मिडिया कभरेज सामान्यमात्र हुने गर्छ, भारतबाट नेपालमा हुने भ्रमणलाई जस्तो महत्त्व दिइँदैन ।” उनी भन्छिन् – नेपालका लागि भारत र चीन समदूरीका छिमेकी हुन् । नेपालका समदूरीका छिमेकी भए पनि भारत र चीनविपरित धु्रवका शक्ति भएका छन् । यतिबेला दुवै देश सीमा विवाद चरम तनावमा पुगेको छ । यस्तो अवस्थामा नेपालको साथ आफ्नो पक्षमा देखाउन दुवैको प्रयास हुन्छ । त्यस बारेमा नेपालको धारणा प्रकट गराउन यो भ्रमण भारतका लागि उपयुक्त अवसर हुनसक्छ । 

मिडिया कभरेजका हिसावले भारतमा देउवाको यस भ्रमणले कति महत्व पाउला त ? नेपालको राजनीतिक घटना क्रम र भारत र चीन विवादको विषयले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्धित बिटका पत्रकारका लागि चासोको विषय हुनसक्छ । तर, भारतमा विदेशी उच्च अतिथिको आवागमन निरन्तर जस्तै भइरहन्छ । त्यसमा पनि मिडियाको कभरेज देश, व्यक्ति, प्रसंग, समय, सन्दर्भअनुसार हुने गर्छ । 

भारतमा प्रत्येक महिना कुनै न कुनै देशका राष्ट्र प्रमुख वा सरकार प्रमुख आउने भएकोले पनि नेपालका राष्ट्र प्रमुख वा सरकार प्रमुखको भ्रमणले पर्याप्त महत्त्व नपाउने पत्रकार पोखरेलको अनुभव छ । नेपालका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र केपी ओली आउँदा भारतका मिडियामा सामान्य कभरेजमात्र भएको उनको अनुभव छ ।  

अहिले चीन र भारतको  विवाद, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सैनिक थप गर्ने र भारतलाई सहयो गर्न गरेको आग्रहजस्ता विषय भारतीय मिडियाका खुराक भएका छन् । यसैगरीे ‘तीन तलाक’ (सम्बन्ध विच्छेद) का बारेमा सर्वोच्च अदालतको फैसला अर्को चर्चाको विषय बनेको छ । सम्भवतः यिनै विषयले यस साता बढी चर्चा पाउनेछन् । 

भारतको गुजरातको सन्देश दैनिकमा कार्यरत नेपाली मूलका पत्रकार किशोर रिमालका अनुसार गत बैशाखमा नेपालकी राष्ट्रपति विद्यादेबी भण्डारीको भ्रमणलाई पनि भारतीय मिडियाले उच्च महत्त्व दिएन । भारतका राष्ट्रिय भनिनेमध्ये कमै सञ्चार माध्यमले राष्ट्रपति भण्डारीको भ्रमणलाई कभरेज गरे । रिमाल  भन्छन् — “भण्डारी भारत भ्रमणमा आउँदा सोमनाथको दर्शन गरेको तस्बिरले उच्च महत्वका साथ कभरेज पाएको थियो । अहिले पनि देउवाको भारत भ्रमणको नेपालमा जति चर्चा भए पनि भारतमा सामान्यमात्र हुने उनको अनुमान छ । रिमालका अनुसार देउवाले भारत र चीनबीचको विवादका बारेमा मुख खोले भनेमात्र भारतीय मिडियाले महत्व दिनेछ । नभए खासै महत्त्व नदिन सक्छ । 

भारतका वरिष्ठ पत्रकार मदनलाल हिन्दका अनुभवमा मिडिया कभरेजका लागि व्यक्तित्वले पनि फरक पार्ने गरेको छ । ईन्डियन एक्सप्रेसमा निरन्तर ४५ बर्ष काम गरेका अनुभवी पत्रकार हिन्द भन्छन् – दुई देशको सम्बन्धका बारेमा त झन् एजेन्डाको महत्त्व हुन्छ । पछिल्ला वर्षमा प्रत्येक ९–१० महिनामा हुने नेपालको सरकार परिवर्तन र सरकार प्रमुखहरुको भारत भ्रमणले भारतका मिडियामा खासै चर्चा पाउन छाडेको हो । 

यस पटक प्रधानमन्त्री देउवाको भारत भ्रमणले भारतीय मिडियमा कत्तिको कभरेज पाउँछ भन्ने नेपाल र नेपाली मिडियाका लागि चासोको विषय भएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC