राजनीति
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमाले उमेदवार भीमलाल अधिकारीले १६ हजार २१२ मत प्राप्त गरे । निकटतम रहेका कांग्रेसका सूर्य बहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेबाटै पूर्ण कला चौधरीले जित हासिल गरिन् । उनले १६ हजार १२२ प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । निकटतम प्रतिस्पर्धी कांग्रेस उमेदवार टीका कुमारी महतोले १४ हजार ६२४ मत प्राप्त गरिन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ १३:२६
प्रतिक्रिया दिनुहोस्