राजनीति
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
प्राप्त जानकारीअनुसार यहाँ नेकपा एमालेबाट विष्णुप्रसाद भुसालले १८ हजार ६०८ मतका साथ जित हासिल गरेका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १८ हजार ३०४ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि एमाले नै विजयी भयो । पार्टीबाट फूलकुमारी थनेत १९ हजार २४ मतका साथ विजयी भइन् । दोस्रो भएका माओवादी उमेदवार पतिराम थनेत १३ हजार ५६१ मत प्राप्त गरे । यहाँ कांग्रेस माओवादी गठबन्धन भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ १३:०८
प्रतिक्रिया दिनुहोस्