काठमाडौं । नेपालमा हाल तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली छ ।
आज दिउँसो प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेशलगायत प्रदेशका पहाडी भू–भागमा अपराह्नपछि आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत अरू प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति प्रदेश–१, मधेस प्रदेशलगायत प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश–१ र मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अरू प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।