site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
अल्मुताइरी र खेलाडी विवादः कार्यदलले प्रतिवेदन बुझायो
SkywellSkywell

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीच भएका विवादको समस्या पहिचान र सिफारिस कार्यदलले बुधबार एन्फालाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक अवकाशप्राप्त मेजर जनरल तथा पूर्व खेलाडी भिक्टर राणाले अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाएका हुन् । कार्यदलले २८ पृष्ठ लामो प्रतिवेदनमा ९ बुँदे सुझाव समेट्दै प्रतिवेदन बुझाएको हो । 

वैशाख २५ गते गठित कार्यदलले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव तुलाधर, खेलाडी, मुख्य प्रशिक्षक अल्मुताइरी, टिम व्यवस्थापक लगायतसँग सोधपुछ गरेको थियो ।

Dabur Nepal
NIC Asia

एएफसी एसियन कप, २०२३ छनोटको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण १० खेलाडीले वैशाख १३ गते राति टिम बसेको होटेल छाडेका थिए । त्यसपछि उनीहरूले वैशाख १५ गते पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको ज्यादतीका कारण टिम छाड्नुपरेको बताएका थिए । उनीहरूले आफूले टिम छाडेको नभई छाड्न लगाइएको गुनासो गर्दै आएका छन् । 

खेलाडीहरूले वैशाख १९ गते एन्फालाई पत्र बुझाएर छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेका थिए । त्यसअघि, मुख्य प्रशिक्षक अल्मुताइरीले पनि वैशाख १८ गते एन्फा महासचिवलाई पत्र लेख्दै खेलाडीको गल्तीमा माफी दिन आग्रह गरेका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि वैशाख २३ गते एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई ज्ञापनपत्र बुझाउँदै विवादको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro