site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवारले अग्रता लिनु दलका लागि चिन्ताको विषय : शेखर कोइराला
SkywellSkywell

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको निर्वाचन प्रणालीका विषयमा गम्भीर बहस गर्ने बेला आएको बताएका छन् । विराटनगरस्थित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचन प्रणालीका विषयमा दलहरूले सोच्ने बेला आएको बताए ।

पछिल्लो समय निर्वाचन खर्चिलो र भड्किलो हुन थालेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे । उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारले अग्रता लिनु दलहरूका लागि चिन्ताको विषय भएको बताए ।

KFC Island Ad
NIC Asia

“देशका केही पालिकामा स्वतन्त्र उम्मेदवार अगाडि आउनु जनतामा दलहरूप्रति वितृष्णा त आएको होइन भनेर खोजी गर्नुपर्ने बेला भएको छ,” उनले भने, “काठमाडौंजस्तो ठाउँमा स्वतन्त्रको उम्मेदवार अगाडि आइरहेको अवस्था छ, यसले पक्कै पनि दलहरूका लागि चुनौती दिएको छ ।” 

उनले विराटनगर कुनै बेला देशको राजनीतिक राजधानी भए पनि अहिले सुस्ताउँदै गएकोमा चिन्ता व्यक्त गरे । कोइरालाले भने, “विगतमा विराटनगर राजनीतिक राजधानीका रूपमा स्थापित भएको थियो । तर, अहिले त्यो अवस्था छैन । तपाईं विराटनगरवासीहरू एकपटक फेरि जुर्मुराउने बेला भएको छ ।” 

सो समारोहमा वरिष्ठ साहित्यकार प्रा.डा. चूडामणि बन्धुलाई ५१ हजार राशिको ‘दधिराज सुवेदी भाषा–साहित्य राष्ट्रिय पुरस्कार’ र २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भूषण दाहाललाई समर्पण गरिएको थियो ।

उनीहरूलाई नेता कोइराला, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, अग्रज पत्रकार शरदराज सुवेदीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro