राजनीति
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उमेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । नेकपा एमालेका शिवशंकर साह हीरा ६३८ मत ल्याएर दोस्रो स्थानमा छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका उमेदवार लालकिशोर साह १९६, लोसपाका मनोज चौधरी १६४, स्वतन्त्र उमेदवार जानकीराम साह १३१ मत ल्याएका हुन् । वडा नम्बर १ को गणना हुँदै छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १०:४८
प्रतिक्रिया दिनुहोस्