site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देशभरको नतिजामा एमालेको फेरि अग्रता, कांग्रेस दोस्रो : तेस्रोमा माओवादी, चौथो नेकपा एस 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएर देशभरका पालिकाहरूमा मत गणना जारी छ । थोरै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । 

सम्पन्न भएका स्थानीय तहको मत परिणामले एमालेलाई अग्रस्थानमा उभ्याएको छ । अहिलेसम्मको मत परिणामअनुसार नेकपा एमाले ८ स्थानीय तहमा प्रमुख पद जितेर अघि लागेको छ । 

Agni Group
NIC Asia

नेपाली कांग्रेसले सात स्थानीय तहको नेतृत्वसहित दोस्रो स्थानमा छ । एमालेले सात स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्ष जितेको छ भने उपप्रमुख÷उपाध्यक्षमा कांग्रेसले पनि आठ स्थानीय तह जितेको छ । 

तेस्रो स्थानमा नेकपा नेकपा माओवादी केन्द्रले तीन स्थानीय तहमा प्रमुख जितेको छ । दुई स्थानीय तहमा माओवादीले उपप्रमुख÷उपाध्यक्ष जितेको छ । चौथो स्थानमा नेकपा एकीकृत समाजवादी छ । नेकपा एसले दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै जितेको छ । 

Global Ime bank

अन्य पार्टीले भने अहिलेसम्म पालिकाका खाता खोलेका छैनन् । मतगणना जारी भएका २६८ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने नेकपा एमालेको १७९ स्थानीय तहमा अग्रता देखिएको छ । 

नेकपा माअ‍ोवादी केन्द्रको १०६ स्थानीय तहमा अग्रता देखिएको छ भने नेकपा एकीकृत समाजवादीको १२ स्थानीय हमा अग्रता देखिएको छ । जनता समाजवादीले २५ स्थानीय तहमा अग्रता कायम गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी ६ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu