site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जियोकले भन्यो– निर्वाचनमा मतदाताको उपस्थिति उल्लेख्य र उत्साहजनक 
SkywellSkywell

काठमाडौं । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले  निर्वाचनमा मतदाताहरुको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको बताएको छ । शुक्रबार मध्यान्ह गरेको पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका निर्वाचन पर्यवेक्षकहरुले शान्तिपूर्ण रुपमा चुनाव भइरहेको बताएका छन् । 

पत्रकार सम्मेलनमा पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन ०७९ का पर्यवेक्षक कल्याणकुमार श्रेष्ठले शाीन्तपूर्ण रुपमा निर्वाचन भइरहेको बताए । उनले राजनीतिक दलहरुले पनि संयमता अपनाएर निर्वाचनमा सहभागी भएको र आम मतदाताले पनि संयमता अपनाएको उल्लेख गरे । 

Dabur Nepal
NIC Asia

उनले मतदानमा सहभागी हुनेमा ज्येष्ठ नागरिक, महिला र अपाङ्ग पनि उल्लेख्य रहेको पाइएको बताए । उनले अपाङ्गमैत्री मतदानस्थल नभएकाले त्यसलाई आगामी दिनमा सुधार गर्नुपर्ने बताए । 

उनले करिब ८० प्रतिशत मतदाताले मतदाता परिचयपत्र लिएर मतदान गर्न आएको बताए ।  पर्यवेक्षक श्रेष्ठले काठमाडौं जिल्लाका विभिन्न मतदान केन्द्रहरुको अवलोकन तथा निरीक्षण गरेका हुन् । 

पूर्व प्रधान्यायाधीश तथा पर्यवेक्षक सुशीला कार्कीले भक्तपुरका विभिन्न ९ मतदान केन्द्रहरुको अवलोकन गरेकी थिइन् । जसक्रममा मध्यान्ह १२ बजेसम्म अधिकांश स्थानमा महिला निर्वाचन अधिकृत पाइएको बताइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu