site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्लाहीमा सेना परिचालन गरेर मतदान 

काठमाडौं । सर्लाहीमा नेपाली सेना परिचालन गरेर मतदान कार्य सञ्चालन गरिएको छ । कौडेना गाउँपालिकामा दलका कार्यकर्ताहरूबीच झडप भएपछि सेना परिचालन गरिएको हो ।

कौडेना–६ स्थित जनता आधारभूत मतदानस्थलमा पटक–पटक झडप भएपछि सेना परिचालन गरिएको बताइएको छ ।

यहाँ नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो । सेना परिचालन गरेर मतदान कार्यलाई अघि बढाइएको छ ।

यस्तै, सर्लाहीकै लालबन्दी नगरपालिका रामनगरस्थित पुरानो गाविस भवन मतदान केन्द्रमा ढुंगामुढा भएको छ । प्रशासनले स्थिति सामान्य बनाउन केही राउन्ड हवाईफायर गरेको थियो । यहाँ केही बेरअघिबाट मतदान पनि सुरु भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro