site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वीरगञ्जमा मेयरका उमेदवारद्वय र सांसद यादवले गरे मतदान
Sarbottam CementSarbottam Cement

वीरगञ्ज ।  पाँचदलीय गठबन्धनबाट वीरगन्ज महानगरपालिकाको मेयरका साझा उमेदवार राजेशमान सिंहले मतदान गरेका छन् । 
वीरगन्ज महानगरपालिका वडा नम्बर ३ स्थित मालपोत कार्यालयमा रहेको मतदान केन्द्रमा पुगेर सिंहले मतदान गरेका हुन् । 

मतदान गरेपछि सिंहले विवेकपूर्ण ढंगले मतदान गर्न आग्रह गरेका छन् । वीरगन्जको विकास र समृद्धि एवम् परिवर्तनका लागि विवेक प्रयोग गरेर मतदान गर्नुपर्ने सिंहको भनाई छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मतमै वीरगन्जको विकास र वीरगञ्जबासीको भविष्य अडिएको हुँदा अमूल्य मतलाई प्रलोभन एवम् दबाबमा नपरी मतदान गर्न महानगरबासीलाई सिंहले अनुरोध गरेका हुन् । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मेयरका उमेदवार गिरिश गिरीले पनि मतदान गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ स्थित रेल्वे स्कुलमा स्थापित मतदान केन्द्रमा पुगेर गिरीले मत हालेका हुन् । गिरीले शिक्षित, सक्षम एवम् योग्य तथा वीरगन्जको विकासका लागि समर्पित हुन सक्ने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् । 

Global Ime bank

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले पनि मतदान गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement