विशेष
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान गर्न गाउँघर फर्कनेहरूको घुइँचो लागेको छ । काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरूमा घर फर्कने नागरिकको भीड लागेको हो । घर जानेको संख्या बढ्दा नाकामा सवारीको चाप पनि बढेको छ ।
बुधबार थानकोट, कोटेश्वरलगायत नाकाहरूमा घर फर्कनेहरूको भीड देख्न सकिन्छ । बालाजु, बल्खु, कलंकीलगायत ठाउँमा बसको टिकट काट्नेहरूको लाम देखिन्छ ।
पाँच वर्षपछि स्थानीय तह निर्वाचमा मतदान गर्न जान लागेका मतदाताहरू उत्साहित देखिन्छन् ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ ११:१३
प्रतिक्रिया दिनुहोस्