काठमाडौं । नेपाल पर्यटन बाेर्डले यही वैशाख ३० गते देशभर हुने स्थानीय तहको निर्वाचनको दिन काठमाण्डौँमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलमा आवतजावत गर्न सटल बस सञ्चालन गर्ने भएकाे छ ।
बोर्डले पर्यटक प्रहरीको सहयोग तथा नेपाल टुरिस्ट भेईकल एसाेसिएसन र टुरिष्ट बस एसाेसिएसनकाे समन्वयमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवात–जावतको लागि विभिन्न रुटमा सशुल्क सटल बस सेवा सञ्चालनको व्यवस्था मिलाएको बाेर्डले जनाएकाे छ । सटल बस सेवाबापत प्रति व्यक्ति तीन सय शुल्क लाग्ने बाेर्डले जनाएको छ ।
यस्ताे छ रूट
रुट १
एअरपोर्ट-एनएसी-होटल अन्नपूर्ण-होटल याक एण्ड यति-ठमेल चोक-लैनचौर चोक-शंकर होटल -एम्बासडर होटल -एअरपोर्ट
रुट २
एअरपोर्ट-होटल र्याडिशन-सांग्रिला होटल-नारायण गोपाल चोक-महाराजगंज चोक-हायात रिजेन्सी-चाबहिल चोक-होटल द्वारिका-एअरपोर्ट
रुट ३
एअरपोर्ट- तीनकुने चोक-होटल एभरेष्ट-माइतिघर चोक-होटल हिमालयन-होटल सोल्टी-ग्रान्ड होटल -एअरपोर्ट ।