अर्थ व्यवसाय
काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने जनाएको छ ।
निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार संघमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।
संघले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । रासस
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९ १४:००
प्रतिक्रिया दिनुहोस्