site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेपुटी गभर्नर मिश्रको प्रश्न– सेयर बजारमा आबद्ध साढे ५१ लाखमध्ये कतिले स्वचालित कारोबार गर्छन् ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले धितोपत्र बजार अर्थतन्त्रको ऐना बन्न नसकेको बताएका छन् । उनले बजारमा करिब आधा दर्जन विषयमा परिपक्व भए मात्रै बजारको विकास र अर्थतन्त्रको ऐना बन्न सक्ने उनले बताए । 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनको उद्घाटन कार्यक्रममा उनले धितोपत्र बजार परिपक्व हुन र अर्थतन्त्रको ऐना कसरी बन्छ भन्दै प्रश्न गरे । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले ५१ लाख लगानीकर्ता धितोपत्र बजारमा रहे पनि दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या बढे पनि परिपक्व बन्न सक्ने उनले बताए । उनले धितोपत्र बजार प्रविधिमा परिपक्व हुन नसकेको भन्दै त्यसमा परिपक्व हुनुपर्ने बताए । “बजारको विकासको लागि नीतिगत परिपक्वता चाहिन्छ, नेप्से र बोर्डको भूमिका महत्वपूर्ण हुन्छ । यसमा राष्ट्र बैंकको पनि केही भूमिका रहला,” उनले भने, “कारोबारमा पनि परिपक्वता चाहिन्छ । सेटलमेन्ट ३, २, १ कति दिनमा हुने हो त्यो भरपर्दो हुनुपर्छ ।” 

उनले सेयर बजारमा सबैभन्दा महत्वपूर्ण नैतिक परिपक्वता जरूरी भएको बताए । उनले डिम्याट खोलेका ५१ लाख ५० हजारमध्ये आफैँ कति पुँजीबजारमा स्वचालित रूपमा कारोबार गर्न सक्छ ?  भन्दै प्रश्न गरे । यस्तै अहिलेको तरलता र विदेशी मुद्रा सञ्चितिको  समस्या समाधानको लागि राष्ट्र बैंकले एनआरएनलाई डलर खाता खोलेर डलरमा निक्षेप राख्न सक्ने र डलरमा नै पैसा फिर्ता लैजान सक्ने व्यवस्था गरेको बताए ।

Royal Enfield Island Ad

उनले मार्जिन प्रवृत्तिको सेयर धितो कर्जामार्फत तरलता अभावले गर्दा असहज भएकोभन्दै सहज हुनासाथ लगानीमा केही सहज हुन जाने उनले बताए । यस्तै नेपालमा विदेशी मुद्रा पठाउने माइग्रेन्ट वर्करप्रति सम्मान दर्साउन जरूरी रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro