अर्थ व्यवसाय
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्जरमा जाने भएका छन् ।
आज प्रारम्भिक समझ्दारीपत्रमा हस्ताक्षर भएकाे हिमालयन जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए ।
बिमा समितिले २०८० चैत मसान्तसम्म दुई अर्ब ५० कराेड चुक्ता पुँजी पुर्याउन निर्देशन दिएकाे थियाे । याे मर्जर बिमा क्षेत्रमा हुन लागेकाे पहिलाे हाे ।
हिमालयन जनरल इन्स्योरेन्सकाे चुक्ता पुँजी १ अर्ब १७ कराेड र एभरेस्ट इन्स्याेरेन्सकाे चुक्ता पुँजी १ अर्ब २५ कराेड रहेकाे छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९ १८:५१
प्रतिक्रिया दिनुहोस्