site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाह्रदशी गाउँपालिकामा गठबन्धनको प्राथमिकतामा कृषि क्षेत्र 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । सत्ता गठबन्धनमा आबद्ध दलले झापाको बाह्रदशी गाउँपालिकामा स्थानीय तह निर्वाचनलक्षित प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलले आफ्ना घोषणापत्र र प्रतिबद्धतापत्र मतदातामाझ सार्वजनिक गरिरहेका छन् । सोही क्रममा बाह्रदशीको विकास र उन्नयनलाई समेटेर तयार गरिएको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।

बाह्रदशीमा गठबन्धन दलका उमेदवारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । कृषिमा आधारित जनताको जीविकोपार्जनको मुख्य स्रोत नै कृषि भएकाले कृषिलाई वैज्ञानिक प्रणालीमा रूपान्तरण गर्नेदेखि जैविक मल उद्योग स्थापना गर्नेसम्मका प्रतिबद्धता गठबन्धनले गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्ग्यानिक कृषि उत्पादनमा जोड दिइने, तरकारी खेतीलाई आधुनिकीकरण गर्दै टनेल खेतीको विकास गरिने, राजगढ, चकचकी र डाँगीबारीमा तरकारीको थोकबजार स्थापना गरिने, खेत–खेतमा पोल, कित्ता–कित्तामा सिँचाइ कार्यक्रम, आवश्यक मल, बीउ वितरणमा सहजीकरण गरिने, प्रत्येक वडामा कृषि प्राविधिक र प्रविधि केन्द्र स्थापना गरिने, कृषि बिमाअन्तर्गत कृषकलाई बाली बिमा गर्न लगाउनेजस्ता कार्यक्रम अघि सारिएको हो ।

पशुपालनतर्फ उन्नत जातका पशु ५० प्रतिशत अनुदानमा वितरण गरिने, प्रत्येक वडामा पशु प्राविधिक र पशु स्वास्थ्य केन्द्र स्थापना गरिने विषय प्रतिबद्धतापत्रमा छ ।

Royal Enfield Island Ad

शिक्षातर्फ कक्षा–१२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने, सामुदायिक विद्यालयसहित धार्मिक, सिकाइ केन्द्र, सार्वजनिक पुस्तकालयहरूको भौतिक पूर्वाधार व्यवस्थापन गरिने, सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई गुणस्तरीय शिक्षाको व्यवस्था गरी अंग्रेजी र कम्प्युटर शिक्षालाई अनिवार्य लागु गरिने, प्रत्येक सामुदायिक विद्यालयमा क्रमशः स्कुल बसको व्यवस्थापन गरिने, गाउँपालिकामा क्याम्पस स्थापना गरिनेलगायत विषय छन् । कक्षा–११ र १२ मा अध्ययनरत निम्नवर्गीय विद्यार्थीलाई साइकलको व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न प्रोत्साहन गरिने, प्रत्येक सामुदायिक विद्यालयमा खेलकुदलाई प्रोत्साहन तथा व्यवस्थापन गरिने, गाउँपालिकाभित्र राष्ट्रियस्तरको खेलकुदको बृहत्तर विकास गर्नेलगायत प्रतिबद्धता छ ।

गठनबन्धनले अरू २४ बुँदागत प्रतिबद्धता सार्वजनिक गरेको छ । आफूहरू विजयी भएमा पाँच वर्षभित्र उच्चस्तरीय कालोपत्र सडक निर्माण गरिने, प्रत्येक गाउँ तथा घरलाई सडक सञ्जालसँग जोड्न पहल गरिने, बजारी क्षेत्रमा ढल निकासको व्यवस्थापन गरिने, दुर्व्यसनमुक्त बाह्रदशी, भयरहित बाह्रदशी, युवा शक्तियुक्त बाह्रदशी बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

यस्तै, मृत्यु संस्कारका लागि प्रत्येक परिवारलाई न्यूनतम १० हजार रुपैयाँ सहयोग गरिने, नदी कटान रोक्न आवश्यक तटीय क्षेत्रमा तटबन्धन गरिने, हात्ती नियन्त्रणका लागि विशेष पहल गरिने, आवश्यक स्थलमा सडकबत्ती र सीसी क्यामेरा जडान गरिने, अधुरा रहेका भौतिक संरचनाहरूलाई पूरा गरिने, आवश्यक स्थलहरूमा पक्की पुल र झोलुंगे पुल निर्माण गर्दै नागरिकको आवागमनलाई सहज तुल्याउनेलगायत प्रतिबद्धता गठनबन्धनको छ ।

गठबन्धनका तर्फबाट पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशी उमेदवार छन् । आफूहरूले जनाएका प्रतिबद्धता व्यवहारमै पूरा गर्ने जिकिर उनी गर्छन् । “हामी कुरा गर्नेभन्दा पनि काम गरेर देखाउन राजनीतिमा आएका हौँ,” उनले भने ।

उपाध्यक्षका उमेदवार शंकरप्रसाद सेढाईंले जनअपेक्षाअनुसार आफूहरू काम गर्न तत्पर रहेको बताए । सेढाईं माओवादी केन्द्रबाट गठबन्धनका साझा उमेदवार बनेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro