site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालभित्रबाटै आएको थियो विमानस्थलमा बम राखिएको फोन, खोजीमा प्रहरी
SkywellSkywell

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै फोन गर्ने व्यक्तिको खोजी सुरु गरेको छ । आज बिहान करिब साढे १० बजेको समयमा विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयको ‘ल्यान्डलाइन’ नम्बरमा फोन गरेर एक अपरिचित व्यक्तिले आन्तरिक विमानस्थल कार्यालयमा आठवटा बम रहेको बताएका थिए ।

सो सूचनापछि विमानस्थलमा रहेका करिब दुई हजार यात्रुलाई बाहिर निकालिएको थियो । अहिलेसम्म आन्तरिक उडान सञ्चालन भएको छैन ।

Dabur Nepal
NIC Asia

नेपाली सेनाले सबै स्थानमा जाँच गर्दा कुनै शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार फोन नेपालभित्रबाटै आएको पाइएको छ । फोन गर्नेको खोजी भइरहेको र फोन आएको समयका सबै नम्बरहरूमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu