site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मान्छे मार्ने बाघ नियन्त्रणमा 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

चितवन । चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एकजनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो । सो क्षेत्रमा केही समयअघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।

Agni Group
NIC Asia

थप शक्ति परिचालन गरेर सो बाधलाई नियन्त्रणमा लिइएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ । बाघको आनीबानी हेरेर केही दिनमा थप निर्णय गरिने उनले जानकारी दिए ।

बाघ राख्न कसरा र सौराहामा खोर छन् । कसराका खोरमा दुईवटा बाघ रहेका छन् । एउटा बाँकेबाट ल्याइएको हो भने अर्काे स्थानीय देवनगरबाट ल्याइएको हो ।

Global Ime bank

सूचना अधिकारी तिवारीका अनुसार वि.सं. २०७८ असार ७ गतेदेखि हालसम्म बाघको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ । निकुञ्ज र वन क्षेत्रमा बाघले आक्रमण गरेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu