site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न छानबिन समिति गठन गरिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार छानबिन समिति गठन गर्ने भएको छ । 

मंगलबार खेलाडी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच भएको छलफलपछि दुवै पक्ष छानबिन समिति गठन गर्न राजी भएका हुन् । एन्फा मुख्यालयमा भएको छलफलपछि अध्यक्ष शेर्पाले भने, ‘‘भोलि छानबिन समिति गठन गर्ने र त्यसले चार दिनभित्र निष्कर्ष निकाल्नेमा खेलाडी सहमत भएका छन् ।’’

KFC Island Ad
Dabur Nepal
NIC Asia

छानबिन समिति गठन गर्ने भए पनि कसको संयोजकत्व र कति सदस्यीय समिति बनाउने भन्नेबारे अध्यक्ष शेर्पाले केही खुलाउन चाहेनन् । अध्यक्ष शेर्पालाई भेट्नुअघि राष्ट्रिय टोलीबाट निस्किएका दश खेलाडीले आजै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेका थिए । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा सदस्यसचिव घिसिङलाई भेटेर निस्कने वित्तिकै खेलाडीहरू सिधै एन्फा पुगेका थिए । खेलाडीहरूले सदस्यसचिवलाई भेट्नुअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई विवाद समाधानका लागि पहल गरिदिन अनुरोध गरेका थिए । 

Royal Enfield Island Ad

खेलाडीहरूले वैशाख १९ गते एन्फालाई पत्र बुझाएर छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेका थिए । त्यसअघि मुख्य प्रशिक्षक अल्मुताइरीले पनि वैशाख १८ गते एन्फा महासचिवलाई पत्र लेख्दै खेलाडीको गल्तीमा माफी दिन आग्रह गरेका थिए । 

राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण १० खेलाडीले वैशाख १३ गते राति टिम बसेको होटल छाडेका थिए । त्यसपछि उनीहरूले वैशाख १५ पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको ज्यादतीका कारण टिम छाड्नु परेको बताएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro