site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अभिनेता भुवन केसी कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

“प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको हुँ,” केसीले भने, “कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको हुँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले अहिले कांग्रेसका जिम्मेवारीको कुनै कुरा नभएको बताएका छन् ।

Global Ime bank

कलाकार रवीन्द्र खड्काले भने यसअघि पनौती नगरपालिकाको मेयर बन्न चाहेको बताएका थिए । 

यो प्रस्ताव उनले सभापतिसमेत रहेका देउवासमक्ष राखेका थिए । “पनौती नगरको मेयर बन्न चाहन्थेँ,” उनले भने, “यो प्रस्ताव पनि राखेको हुँ । तर सभापतिले अहिले ढिला भइसक्यो । प्रदेश र संघको निर्वाचनमा सकेँ भने प्रयास गरौँला नभए पार्टीभित्र काम गर्ने ठाउँ धेरै छन् भन्नुभएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement