site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सस्ता चिनियाँ टायरका कारण रुसी ट्यांकहरु हिलोमा अड्किए !
SkywellSkywell

डेलिमेल । युक्रेन हमला सुस्ताउँदै जानु पछाडिको मुख्य कारण रुसी सैन्य सवारी साधनहरु पनि भएको बताइएको छ जुन हाल युक्रेनी सडकहरुमा जताततै हिलोमा फसेको, ट्यांकहरु अड्किएको देखिन्छ । यसमा रुसी अधिकारीहरुले बलियो टिकाउ महङ्गा टायरको बदलामा सस्तो चिनियाँ वैकल्पिक सामग्रीहरु आयात गरेकाले यस्तो भएको हुन सक्ने प्राविधिक विद्हरुले बताएका छन् । 

नेटोका सवारीसाधनले ‘मिसेलिन एक्सजीएल टायर’ को प्रयोग गर्दछन् तर चिनियाँ व्यवसायले त्यसैका नक्कली उत्पादन लामो समयदेखि सस्तोमा निर्माण गरिरहेको पाइएको छ । यिनको गुणस्तर नराम्रो भएकामा चिनिन्छ । यस्तोमा महङ्गा सैन्य सवारीमा सस्ता टायर फिट गर्दाको नतिजा स्वरुप नै गाडीहरु कठिन बाटोमा अड्किन पुगिरहेको बताइएको छ । 

KFC Island Ad
NIC Asia

रुसको सैन्य बजेट प्रति वर्ष झन्डै ६० अर्ब डलरको रहेको छ तर त्यहाँका जेनेरलहरु भ्रष्ट हुने गरेकाले पनि आधा बढी रकम विभिन्न स्तरमा घूसखोरीमा सकिने यसअघि न्युजिल्यान्ड टाइम्सलाई एक खुफीया श्रोतले बताएको थियो । 

जस्तै मिसेलिन एक्सजीएल टायरको मूल्य अलिबाबामा ३६ हजार डलर छ भने त्यसको चिनियाँ विकल्प प्रति २०८ डलरमा पाइन्छ । यसको अर्थ त्यही रकममा ५० सेट चिनियाँ टायर किन्न सकिन्छ । 

Royal Enfield Island Ad

यसैगरी कमजोर व्यवस्थापन अनि लापरबाही र कमजोरीले पनि रुसी सैन्य सवारीले सोचे जस्तो प्रभावकारी काम गर्न नसकेको बताइएको छ । डेलिमेलबाट
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ०९:२०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro