site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्पेनको वृद्धाश्रममा आगलागी हुँदा १० जनाको मृत्यु
Tiktok banner adTiktok banner ad

म्याड्रिड । स्पेनको उत्तरपूर्वी सहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहीबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान ५ बजे आगलागी हुँदा त्यहाँ ८२ जना रहेका थिए ।

वृद्धाश्रमले ‘एक्स’मा एक विज्ञप्ति जारी गर्दै आगलागी र केही व्यक्तिको मृत्युको पुष्टि गरेको छ तर उक्त पोस्टमा थप विवरण उपलब्ध गराइएको छैन ।

सहरका मेयर भोल्गा रामिरेज गामिजले पत्रकारहरूलाई बताएअनुसार एउटा कोठामा आगलागी भएको तर आगलागीका कारण पूरै निवासभरि धुवाँ फैलिएको थियो ।

“भाग्यवश, त्यो कोठामा सुरक्षा ढोका रहेछ र यसका कारण आगो अन्यत्र फैलिनबाट रोकियो, उनले भने ।

अरागोन क्षेत्रका लागि केन्द्रीय सरकारका प्रतिनिधि फर्नान्डो बेल्ट्रानले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए । धेरै वृद्धवृद्धाको धुवाँले निस्सासिएर मृत्यु भएको हुन सक्ने उनले बताए ।

अरागोन सरकारका प्रमुख जर्ज एज्कोनले आगलागी र यसबाट भएको क्षतिबाट आफू स्तब्ध भएको र शोकको संकेतका रूपमा सार्वजनिक कार्यक्रम स्थगित गरेको बताए ।

जार्डिनेस डे भिल्लाफ्रान्का निवास सन् २००८ मा वृद्धहरूका लागि आवासका रूपमा खोलिएको थियो भने हालै यसलाई मानसिक स्वास्थ्य समस्या भएका वृद्धव्यक्तिहरूलाई राख्नेगरी सुविधाहरू थपिएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro