site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश

सिड्नी । दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दालाई सम्भावित डढेलो (बुशफायर)को जेखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ । 

दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अस्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायका निम्ति आपत्कालीन चेतावनी जारी गरेका छन् ।

अधिकारीहरूले चेतावनीमा जोखिम न्यूनीकरणको सुरक्षित विकल्प अन्यत्र जानु भएको उल्लेख गरेका छन् । अवस्था धेरै बिग्रन सक्ने र यहीँ बसेमा आपत्कालीन सेवा समेत प्रवाह गर्न नसक्ने तथा गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएका छन् । 

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी डढेलोको खतरा रहेको पूर्वानुमान गरेको छ ।

मेलबर्नबाट करिब १०० किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन सहर डेरेलमा लागेको डढेलोसँग लड्न २० भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ ।

अधिकारीहरूले मुलुकभर सतर्कता अपनाउन सुझाव दिएका छन् । भिक्टोरियाका धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानसँगै आइतबार अवस्था सहज हुने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro