site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पूर्ण बहादुरको सारङ्गी’ २० वटा हलबाट उतारिँदै (हलको सूचीसहित) 

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट देशभरका २० वटा सिनेमा घरहरूमा प्रदर्शन नहुने भएको छ । मोफसलका २० वटा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारदेखि प्रदर्शन नहुने भएको हो ।  

ग्रसकलेक्सनको ‘फेक रिपोर्ट’ दिएको भन्दै २० वटा हलबाट सिनेमा उतार्ने निर्णय गरिएको निर्माणपक्षले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ठूलो परिमाणमा ग्रसकलेक्सन गरे पनि निर्मातालाई भने न्यून रिपोर्ट देखाएको निर्माणपक्षको आरोप छ । 

निर्माता विनोद पौडेलले ‘हिसाब गोलमाल गर्नु पनि अपराध हो,’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

सिनेमा हेर्न इच्छुक दर्शकले नजिकैको अर्को हलमा गएर हेरिदिन निर्माणपक्षले आग्रह गरेको छ । 

press-1731685430.jpg
 

कात्तिक १५ गतेबाट रिलिज भएको चलचित्रले १४ दिनमा २७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।  

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २१:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro