site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु, १६ को अवस्था गम्भीर
Tiktok banner adTiktok banner ad

नयाँ दिल्ली । भारतीय अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले शनिबार बताएका छन् ।

अधिकारीका अनुसार, शुक्रबार राति करिब १०ः३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसीयूमा आगलागी भएको थियो । घटनास्थलको फुटेजमा वार्डभित्र जलेको बिस्तरा र पर्खालहरू देखिएको थियो । आक्रोशित परिवारहरू अस्पतालबाहिर पर्खिरहेका थिए ।

यस्तै, आगलागीबाट उद्धार गरिएका शिशुहरूलाई सुरक्षित ठाउँमा राखिएको थियो ।

आगलागीमा १० शिशुको मृत्यु भएको उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारहरूलाई बताएका छन् । उनका अनुसार, सात शवको पहिचान भइसकेको छ । तीन शवको हालसम्म पहिचान हुन सकेको छैन । आगलागीको कारणबारे अनुसन्धान गरी जिम्मेवारहरूमाथि कडा कारबाही गरिने पाठकले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी अविनाश कुमारले युनिटमा विद्युतीय सर्टसर्किटका कारण आगलागी भएको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै वातावरणमा अक्सिजनको स्तर बढाउन प्रयोग गरिने मेसिनरीको टुक्रामा आगलागी भएको जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालबालिकाको मृत्युलाई ‘हृदयविदारक’ घटना भन्दै निर्दोष सन्तान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई पाँच लाख रुपैयाँ  क्षतिपूर्ति दिने घोषणा गर्दै सम्बन्धित अधिकारीहरूलाई राहत र उद्धार कार्य गर्न निर्देशन दिएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro