अर्थ व्यवसाय
काठमाडौं । नबिल बैंकले नेसनल एचआर एक्सिलेन्स अवार्ड–२०२२ प्राप्त गरेको छ । मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले आयोजना गरेको एचआर मिट–२०२२ मा बैंकलाई सो अवार्ड प्रदान गरिएको हो ।
बैंकभित्रको मानव संशाधनलाई बैंकले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएका कारण अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ । कर्मचारीहरूको बैंकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको जनाइएको छ ।
उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइरालालगायत व्यक्तिले ग्रहण गरेका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ १६:१४
प्रतिक्रिया दिनुहोस्