साहित्य
काठमाडौं । भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७८ प्रदान गरिएको छ । शनिबार राजधानीमा आयोजिक एक कार्यक्रममा भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरले सो सम्मान प्रदान गरेको हो ।
भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७८ गायिका तीर्थ कुमारी थापा र संगीतकार शुभ बहादुर सुनामलाई प्रदान गरिएको छ । वाद्यवादक रुपेश सिंहलाई पनि सम्मान गरिएको छ ।
भजन शिरोमणि भक्तराज आचार्यको नाममा यो सम्मान प्रदान गरिएको हो । आचार्य करिब तीन दशकबाट जिव्रोको क्यान्सरका कारण गाउन सक्तैनन् ।
उनका छोराहरु सत्यराज आचार्य र स्वरुपराज २९ वर्षदेखि नेपाली सुगम संगीतमा क्रियाशील छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ ०६:५२
प्रतिक्रिया दिनुहोस्