site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निजी एयरलाइन्सले राति ८ बजे पछि नियमित उडान गर्न नसक्ने, पुरानै स्लट नपाए उडान नगर्ने चेतावनी
SkywellSkywell

काठमाडौं । वायुसेवा सञ्चालक संघले राति ८ बजेपछिका नियमिततर्फका उडान तत्काल गर्न सक्ने अवस्था नरहेको जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान भइरहेका विमानस्थलहरूमा बिहीबारदेखि लागु हुनेगरी बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा कायम गरेको थियो ।

तर, संघका सदस्य वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एअरलाईन्स र गुण एयरलाइन्सले विविध प्राविधिक कारणले हाललाई राति ८ बजे पछिका नियमिततर्फका उडानहरू गर्न सक्ने अवस्था नरहेको जनाएका हुन् ।

Dabur Nepal
NIC Asia

संघले यसबारे अन्य पूर्वाधार र सम्भावनासम्बन्धी विस्तृत छलफल गर्न प्राधिकरणसँग समयसमेत माग गरिएको अवस्थामा प्राधिकरणले बुधबार जारी गरेको स्लटसम्बन्धी नयाँ व्यवस्थाअनुरूपको तालिका संलग्न गर्न सदस्य वायुसेवा कम्पनीहरूले नसक्ने स्पष्ट पारेको छ ।

संघले वैशाख ३ गतेकै स्लट सम्बन्धी व्यवस्था हाललाई लागू गर्न प्राधिकरणलाई आग्रह गरेको छ ।

संघको मागअनुसारको उडान अनुमति प्राप्त नभए संघका सदस्य वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एअरलाइन्स र गुण एयरलाइन्सका उडानहरू स्लट संशोधन नभएसम्मका लागि सम्पूर्ण उडानहरू स्थगन गर्ने चेतावनी दिइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro