राजनीति
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले उमेदवारी दर्ता गर्ने कार्य आज दोस्रो दिन पनि जारी छ ।
सोमबार ललितपुर महानगरपालिकामा मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट महानगर प्रमुख पदमा राम महर्जनले उमेदवारी दर्ता गराएका छन् ।
यस्तै उपप्रमुखतर्फ भने दुईजनाको उमेदवारी दर्ता भएको जनाइएको छ । जसमा मंगोल नेशनल अर्गनाइजेसनका खेमप्रसाद श्रेष्ठ र स्वतन्त्र उमेदवार सुविन कुमार शाक्यको उमेदवारी दर्ता भएको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ १२:३६
प्रतिक्रिया दिनुहोस्