site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यान इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण : पूर्वराजदूतदेखि कलाकारहरूको लर्को 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । क्यान इन्फोटेक २०२२ को पाँचौ दिन सूचना प्रविधि सम्बन्धी कलेज तथा स्टार्टअप एवं इनोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

गत बुधवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘आईएमई–पे क्यान इन्फोटेक, २०२२ इन एसोसिएसन विथ स्मार्ट क्युआर’ सोमवार सकिँदैछ । इन्फोटेकको अन्तिम दिन आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

इन्फोटेकमा विद्यार्थीद्वारा निर्मित सेन्सरमा आधारित उपकरणहरू, थ्रीडी प्रिन्टीङ्ग, मान्छेको क्रियाकलापमा आधारित इलेक्ट्रोनिक्स चार्जिङ्ग, तीन पाङ्ग्रे गाडी, ड्रोन, साइकल रहेको स्टलहरूमा विद्यार्थी एवं अवलोकनकर्ताहरूको आकर्षण देखिन्थ्यो ।

सूचना तथा सञ्चार प्रविधि सम्बन्धी चासो राख्ने सर्वसाधारणदेखि पूर्वराजदूत, पूर्वसचिव र राष्ट्रियस्तरका कलाकाहरूले इन्फोटेक भ्रमण गरेको कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले जनाएको छ । आइतवार पूर्वराजदूत भागीरथ बस्नेत, पूर्वसचिव इन्जिनियर हरी राम कोइराला, नायिका सुष्मा कार्की, चर्चित हास्य कलाकारहरु दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’ र सागर लम्साल ‘बले’, र्याप गायक राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ लगायत अन्य व्यक्तिहरूले पनि क्यान अवलोकन गरेका छन् ।

Royal Enfield Island Ad

हरेक दिन कुनै न कुनै स्टलले नयाँ–नयाँ वस्तु तथा सेवा सार्वजनिक गरिरहेको प्रदर्शनी सोमवार अझ विशेष रहने महासंघका महासचिव नारायण थापाले बताए । 
    
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro