अर्थ व्यवसाय
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपर सोलु हाइड्रोपावर कम्पनीलाई सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । हिजो बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले अब ३३ करोड सात लाख ७५ हजार रुपैयाँबराबरको ३३ लाख सात हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले जारी पुँजीको २४.५० प्रतिशत आईपीओ जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा एनएमबी क्यापिटलले पाएको छ ।
गएको वैशाख ४ गते पनि बोर्डले हिमालयन हाइड्रोपावर लिमिटेडलाई आईपीओ जारी गर्न अनुमति दिएको थियो । हिमालयनले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९ १४:०१
प्रतिक्रिया दिनुहोस्