देश
काठमाडौं । रुपन्देहीको सियारी गाउँपालिका–२, कुट्टामा लरी (ट्रक)मा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक स्थानीय २५ वर्षीय रामनिवास बेलदार र पछाडि सवार ५० वर्षीय रामायण पासीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
हिजो बेलुका करिब सवा ८ बजे लु७४प ४४७९ नम्बरको मोटरसाइकल बेथरी–बेलबास सडकखण्डमा भारतीय नम्बरको लरीमा ठोक्किएको थियो । लरी चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९ १०:०७
प्रतिक्रिया दिनुहोस्