राजनीति
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि जाँचबुझ गर्न गठित समितिले १० दिनपछि काम थालेको सूचना सार्वजनिक गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा गएको चैत २४ गतेको मन्त्रिपरिषद्ले बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो ।
समिति गठन भएलगत्तै गभर्नर अधिकारी निलम्बनमा परेका छन् ।
सरकारको निर्णयविरुद्ध अधिकारी सर्वोच्च गएकै दिन आइतबारदेखि समितिले काम थालेको समितिले जनाएको हो ।
वैशाख ४ गते सर्वोच्च गएका अधिकारीको रिट सोमबार दर्ता भएको छ भने भोलिका लागि पेसी तोकिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९ १८:२७
प्रतिक्रिया दिनुहोस्