site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नर अधिकारीको रिट दर्ता, भोलिका लागि तोकियो पेसी

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । दर्तासँगै अधिकारीको रिटका लागि सर्वोच्चले मंगलबारका लागि पेसी तोकेको छ । 

सरकारले आफूमाथि गरेको छानबिन गैरकानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट आज दर्ता भएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ता प्रक्रिया पूरा भएको र पेसी भोलिलाई तोकिएको जानकारी दिए । प्रवक्ता पौडेलले भने, “प्रारम्भिक सुनुवाइ भोलि हुनेछ ।” 

सरकारले गभर्नरमाथि गत चैत २५ मा छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नरबाट निलम्बित भएका थिए । रिटमार्फत अधिकारीले आफूमाथिको छानबिन नै गैरकानुनी भएको भन्दै सरकारको निर्णय बदर गरी आफूलाई जिम्मेवारीमा फर्काउन अन्तरिम आदेशको माग गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro