site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अपमानपूर्ण व्यवहार गरियो : माधव नेपाल
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गर्ने गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न विभिन्न दललाई चेतावनी समेत दिए । उनले आफूहरूकै कारण 'केपी ओली सत्ताको सगरमाथाबाट भुइँमा पछारिएको' जिकिर गरे ।

Agni Group
NIC Asia

ओलीको अहंकार अलिकति बढेको र यथार्थभन्दा बाहिर गएर बोलिरहेको उनको भनाइ थियो ।

चुनावी तालमेलका क्रममा वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने धारणा उनले राखे । सत्ता गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी तयारी गर्न कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।

Global Ime bank

उनले पोखरा महानगरपालिकामा आठ हजार पार्टी सदस्यहरू रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताए ।

कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारका कारण मुलुक संकटमा फसेको आरोप लगाए । उनले ६ महिनाको अवधिमा एकीकृत समाजवादीलाई राष्ट्रव्यापी पार्टी बनाएको भन्दै एक वर्षभित्र नीति र सिद्धान्तअनुसार चल्ने देशको ठूलो पार्टी बन्ने दाबी गरे । ओलीकै कारण पार्टी एकता जोगाउन नसकिएको उनको भनाइ थियो

कार्यक्रममा विभिन्न पार्टी कार्यकर्तालाई एकीकृत समाजवादी प्रवेश गराइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu