खेल
काठमाडौं । स्कटल्यान्डले युक्रेनविरुद्ध फिफा विश्वकपको युरोपेली छनोट प्लेअफको सेमिफाइनल खेल आउँदो जुन १ तारिखमा खेल्ने भएको छ । युक्रेन र रुसबीचको युद्धका कारण खेल पछाडि सरेको थियो ।
स्कटल्यान्ड र युक्रेनबीचको खेल यसअघि मार्च २४ मा हुने भनिएको थियो । तर, युक्रेनको आग्रहमा फिफाले खेलतालिका परिवर्तन गरेको हो ।
स्कटल्यान्ड र युक्रेनबीचको विजेताले वेल्ससँग कार्डिफमा जुन ४ मा फाइनल खेल खेल्नेछ । विजेताले विश्वकपमा स्थान पक्का गर्नेछ । विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ ।
यो प्लेअफ छनोटबाट जाने टोलीले समूह ‘बी’मा इंग्ल्यान्ड, इरान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । फिफाले विश्वकपको ‘ड्र’ यसअघि नै निकालिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९ ०९:४०
प्रतिक्रिया दिनुहोस्