site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नोम चोम्स्कीको चेतावनी– मानव जाति इतिहासकै खतरनाक बिन्दुतर्फ लम्किँदै छ
Sarbottam CementSarbottam Cement

वासिङटन । त्रियानब्बे वर्षीय विद्वान नोम चोम्सकीले मानव जाति अहिले इतिहासकै सबैभन्दा खतरनाक विन्दुतर्फ जाँदै गरेको चेतावनी दिएका छन् । विश्वकै सबैभन्दा वयोवृद्ध जीवित बुद्धिजीवीमध्ये एक चोम्सकीले निरन्तर बढिरहेको जलवायु समस्या र नजिकिँदै गरेको आाणविक युद्धको सम्भावनालाई लिएर मानव जाति खतरनाक बाटोमा रहेको चेतावनी दिएका हुन् ।

प्रख्यात भाषाविद् तथा सामाजिक समालोचक चोम्स्कीले बिसौँ शताब्दिका थुप्रै महत्वपूर्ण घटनाहरूलाई प्रत्यक्ष रूपमा भोगेका छन् । 

हालै दि न्यु स्टेट्सम्यानलाई अन्तर्वार्ता दिने क्रममा उनले भनेका छन्, “छ वर्षको उमेरमा रेडियोमा हिटलरका भाषण सुनेको र दस वर्षको उमेरमा १९३९ मा बार्सिलोनाको पतनबारे लेखेपढेको सम्झिँदा अझै डरले जिउ नै सिरिङ्ग हुन्छ । अहिले भने हामी पृथ्वीबाटै मानव जीवनको नाश हुने सम्भावनाको सामना गरिरहेका छौँ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

जलवायु परिवतर्न 
चोम्स्कीको सबैभन्दा पछिल्लो कामको केन्द्रीय विषय 'जलवायु परिवतर्न'रहेको छ । त्यसमा उनले विश्वव्यापी तापक्रम वृद्धि र पुँजीवादबीचको जटिल सम्बन्धबारे लेखेका छन् । उनले यस समस्याका लागि कार्बन निष्कासन कटौती गर्ने नीतिहरूको तर्जुमाका बाबजुद पनि अमेरिकालगायतका पुँजीवादी मुलुकहरू जिम्मेवार रहेको बताएका छन् ।

उनले मानव अस्तित्व समाप्त पार्ने दौडमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सबैभन्दा अग्रस्थानमा रहेको पनि बताएका छन् । उनले ट्म्पको 'अवशेषमा आधारित इन्धनको अत्यधिक प्रयोग' र जलवायु परिवर्तन समस्यालाई सम्बोधन गर्ने नियमहरू कटौती गर्ने नीतिलाई औँल्याएका हुन् । 

Global Ime bank

रुस–युक्रेन युद्ध
यहुदी मूलका चोम्स्कीका पिताको जन्म अहिलेको युक्रेनमा भएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथिको आक्रमणको उद्देश्यहरू के होलान् भनी सोधिएको प्रश्नको जवाफमा चोम्स्कीले भनेका छन्, “पुटिनको क्रुर विचारको रूपमा हेर्दै युद्ध बन्द गरिनुपर्छ भनेर सामन्य ढंगले लेख्नुमात्रै पर्याप्त छैन । हामी जस्तै पुटिन पनि प्रजातनत्रसँग चिन्तित छन् । पूर्वमा आइपुगेको अमेरिकाको राजनीतिक र आर्थिक इतिहासलाई मनन गरौँ । उदाहरणका लागि सन् २०२१ म अमेरिकाले 'बढ्दो सैनिक सहयोग'को नाममा युक्रेनलाई अत्याधुनिक हातहतियार उपलब्ध गराएकै थियो ।”

चोम्स्कीले सन १९५३ मा इरानमा, १९५४ मा ग्वाटेमालामा र १९७३ मा चिलीमा भएका घटानालाई औँल्याएपछि भनेका छन्, “तर हामीले वासिङटनको सार्वभौम र प्रजातन्त्रप्रतिको कडा प्रतिबद्धताको सम्मान र प्रशंसा गर्नुपर्छ ।”

रुस–चीन सम्बन्ध
रुस र चीनबीचको सम्बन्ध र वर्तमान परिस्थितिमा ती दुई मुलुक मिलेर सर्वशक्तिमान बन्ने सम्भावनाबारे सोधिएको प्रश्नको उत्तरमा चोम्स्कीले भनेका छन्, “उनीहरूबीचको सम्बन्ध वास्तविक साझेदारीमा नभई नीतिमा आधारित छ । इराकमा भएको अमेरिकी आक्रमणमा पनि विश्वव्यापी सैनिक सहयोगको अभाव रहेकै थियो । वास्तवमा त्यो युद्ध 'असल नियत'को पहिरनमा गरिएको अपराध हो । मलाई जहाँसम्म लाग्छ बाँकी विश्व जस्तै चीन पनि युक्रेन युद्धबाट टाढै बस्ने छ ।”

नेक्स्ट सार्कबाट । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC