site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दीपेन्द्र आईसीसी वरीयताको शीर्ष १० मा 
SkywellSkywell

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० अलराउन्डरको वरीयतामा शीर्ष १० मा पर्न सफल भएका छन् । 

गत साता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा दीपेन्द्र ‘म्यान अफ दी सिरिज’ घोषित भएका थिए । दीपेन्द्रसिंहले शृंखलाको पाँच इनिङ्समा एक शतक र दुई अर्धशतकसहित २५५ रन बनाएका थिए । उनी शृंखलामा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् ।

Dabur Nepal
NIC Asia

दीपेन्द्रले फाइनलमा पीएनजीविरुद्ध अविजित ५४ रन बनाउनुका साथै चार ओभरमा १८ रन दिएर चार विकेट लिएका थिए ।शृंखलामा दीपेन्द्रले १४.२ ओभरमा एक मेडनसहित ९९ रन दिएर सात विकेट लिए । धेरै विकेट लिनेमा दीपेन्द्र चौँथो स्थानमा रहे । नेपालकै करण केसीले सबैभन्दा धेरै १३ विकेट लिए भने सन्दीपले ११ विकेट लिए ।

अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन् । बंगलादेशका शाकीब अल हसन दोस्रो र इङ्ल्यान्डका मोइन अली तेस्रो स्थानमा छन् । नामिबियाका जेजे स्मिथ चौँथो स्थानमा छन् । 

दीपेन्द्र ब्याटिङतर्फ भने ३८औँ स्थानमा छन् । ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३६ र आसिफ शेख ९९औँ स्थानमा छन् । बलिङतर्फ नेपालका सन्दीप लामिछाने ३८औँ स्थानमा छन् । त्यस्तै अभिनाष बोहरा ८६औँ स्थानमा रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu