site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानडाविरुद्ध बलिङमा नेपालको पकड 
तस्बिर : क्यान ।
SkywellSkywell

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम क्यानडाविरुद्ध बलिङमा पकड बनाएको छ ।

सोमबार क्यानडाको किंग सिटीमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालले पहिलो पावर प्ले (१० ओभर) को खेल सकिँदा एक विकेट लिएर २९ रनमात्र खर्चेको छ । 

Dabur Nepal
NIC Asia

नेपालका लागि ललितनारायण राजवंशीले एक विकेट लिए । क्यानडाबाट हाल क्रिजमा रहेका पर्गत सिंह र नवनित धलिवाल क्रमशः १० र आठ रनमा खेलिरहेका छन् ।

लिग–२ अन्तर्गत यसअघि घरेलु भूमिमा भएको त्रिदेशीय शृंखलामा खराब लयबाट गुज्रिएको नेपाल तालिकाको सातौँ स्थानमा छ । यसअघि नेपालले घरेलु मैदानमै खेलेका चार खेलमध्ये तीन खेलमा हार बेहोर्दा एक खेलमा मात्र जित निकालेको थियो ।

आठ टिममध्ये सातौँ स्थानको नेपालको खातामा दुई अंकमात्र छ । आजको खेलमा जित निकाले नेपाल तालिकाको छैटौँ स्थानमा उक्लिने छ । 

यता, तालिकाको शीर्ष तीनभित्र रहेको क्यानडाले भने लिग–२ मा मिश्रित नतिजा निकालेको छ । आठ खेलमध्ये चारमा जित र चार खेलमा हार बेहोरको क्यानडा आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

क्यानडामा हुने शृंखलामा नेपाल, क्यानडा र ओमान सहभागी छन् । नेपालले आजको खेलपछि बुधबार ओमानसँग खेल्ने छ । यस्तै, नेपाले आइतबार पुनः क्यानडासँग र मंगलबार ओमानसँग खेल्ने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu